• फाल्गुन १ २०८१, बिहीबार

बेलायती रक्षामन्त्री जोन हेली भन्छन् : ‘युक्रेनको संलग्नता बिना युक्रेन बारे वार्ता हुँदैन’

फाल्गुन १ २०८१, बिहीबार

काठमाण्डौं । बेलायतले युक्रेनको विषयमा युक्रेनको संलग्नताविना कुनै पनि वार्ता नहुने जनाएको छ । उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) का रक्षामन्त्रीहरूको बैठकमा भाग लिन बेल्जियम पुगेका बेलायती रक्षामन्त्री जोन हेलीले युक्रेनका विषयमा हुने कुनै पनि वार्तामा युक्रेनी पक्षको संलग्नता अनिवार्य भएको बताएका हुन् । युक्रेनविना युक्रेनको विषयमा कुनै वार्ता हुन सक्दैन, उनले भने ।

अमेरिका र रुसका राष्ट्रपतिबीच युक्रेन युद्ध अन्त्य गर्न विषयमा टेलिफोन कुराकानी भएको सार्वजनिक भएसँगै हेलीको प्रतिक्रया सार्वजनिक भएको हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षीसँगको वार्ता निकै फलदायी भएको र युक्रेन युद्ध अन्त्य गर्न तत्काल वार्ता सुरू गर्ने सहमित जुटेको बताएका थिए ।

हामी दिगो शान्ति चाहन्छौं । द्वन्द्व र आक्रामकतामा फर्किन चाहँदैनौं, उनले भनेका छन्, यो पनि नबिर्सौं कि रूस युक्रेन भन्दा बाहिर पनि खतरा छ ।