१ फागुन, गुल्मी । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको अधिकार गाउँटोलमा भन्ने माओवादीको एजेन्डाले सार्थकता पाउँदै गएको बताएका छन् । बिहीबार गुल्मीको मालिका गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले अहिले संविधान कार्यान्वयन चरणमा रहेकाले प्रदेश र स्थानीय तहलाई अझ प्रभावकारी बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । विकास निर्माणका सवालमा सबै एक जुट भएर अगाडि जान सकिने भन्दै उनले सुविधा सम्पन्न भवनबाट जनतालाई दिने सेवा सहज र सरल रूपमा प्रदान गर्नुपर्ने बताए ।