• फाल्गुन १ २०८१, बिहीबार

सिन्धुलीमा भैँसीले हानेर एक जनाको मृत्यु

फाल्गुन १ २०८१, बिहीबार

फागुन १, काठमाडौं । सिन्धुलीमा भैँसीले हानेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान सुनकोशी गाउँपालिका–३, नौविसेमा भैँसीले हानेर ७५ वर्षीय गोपाल घर्तीको मृत्यु भएको हो । घाँस हाल्न गएका घर्तीलाई भैँसीले हानेको थियो ।

भैँसीले हानेर घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।