• फाल्गुन १ २०८१, बिहीबार

नसर्ने रोगहरुको पहिचान गर्न आजदेखि एक महिने देशव्यापी अभियान सञ्चालन हुँदै

फाल्गुन १ २०८१, बिहीबार

काठमाडौं । नेपालमा मृत्यु र अपाङ्गताको मुख्य कारण नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखेर आजदेखि फागुन महिनाभर नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान, र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन हुँदैछ ।

यदि तपाईँको उमेर ३० वर्षभन्दा माथि छ भने नजिकैको वा आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई यी जाँचहरु गराई आफ्नो स्वास्थ्य अवस्था थाहा पाउन सक्नुहुनेछ ।
– मधुमेह जाँच (रगतमा चिनीको मात्रा परीक्षण)
– रक्तचाप (ब्लडप्रेसर) मापन
– मिर्गौला सम्बन्धी रोगको जाँच
– उचाइ र तौलको आधारमा BMI मापन
यो अभियान देशभरका स्थानीय तह अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरुमा सञ्चालन हुँदैछ ।