• बैशाख १७ २०८२, बुधबार

सुनको गरगहना चोरी गरेको आरोपमा ३ जना पक्राउ

माघ २९ २०८१, मंगलवार

२९ माघ, काठमाडौं । सुनको गरगहना चोरी गरेको आरोपमा प्रहरीले डल्लुबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२९ घर भई हाल बसन्तपुर बस्ने ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेको पनौती–१ घर भई बसन्तपुरबस्ने कोमल बहादुर कार्की र भारतको कलकत्ता प्रदेश घर भएका ५८ वर्षीय जागिर मलिक रहेका छन् ।

उनीहरूले माघ २६ गते डल्लु बस्ने ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्ने दोलखाको फस्कु शैलुङ नगरपालिका–७ की सुनिता ठकुरीको डेराबाट सुनको गहरगहना चोरी गरेको प्रहरीको आरोप छ ।

प्रहरीले उनीहरूको साथबाट सुनको नेक्लेस १ वटा, सुनको सिक्री १ वटा, सुनको औठी १ वटा, गालेको सुन एक ढिका, सुनको तिलहरी १ वटा, सुनको कल्ली १ वटा, सुनको झुम्का १ वटा, सुनको मंगलसूत्र, सुनको मंगलसुत्रका टुक्रा ७ वटा र सुनको सिक्का १ वटा बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूमाथि प्रहरी वृत स्वयम्भूबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।