• चैत्र २६ २०८१, बुधबार

संसद भवन प्रवेश गर्न खोजेको आरोपमा खगेन्द्र सुनुवार पक्राउ

माघ २८ २०८१, सोमबार

काठमाडौँ । संघीय संसद भवनमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा खगेन्द्र सुनुवार छन् ।

दलितको लागि दलित अभियानका अभियन्ता सुनुवार मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेर बानेश्वर वृत्तमा लगेको छ ।

निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।