• चैत्र २६ २०८१, बुधबार

ओली एमालेको नेतृत्वमा रहँदासम्म वामपन्थी एकता सम्भव छैन : प्रचण्ड

माघ २८ २०८१, सोमबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताएका छन् ।

जनकपुरधाममा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले नेपालमा तत्काल कम्युनिष्ट एकता सम्भव नरहेको बताए ।

‘एमालेको नेतृत्वमा केपीजी रहँदासम्म नेपालका कम्युनिष्ट एकता, वामपन्थी एकता सम्भव छैन,’ अध्यक्ष दाहालले भने ।
अध्यक्ष दाहालले सरकारमा आफूहरूको ध्यान नरहेको बताए । प्रधानमन्त्री ओली अहिलेको आन्दोलन, परिवर्तन बर्बाद गर्न र संविधान खारेज गर्न चाहने व्यक्ति भएको उनको आरोप छ ।

मधेसी जनताको लागि दुई पटक संसदमा संविधान संशोधनको प्रश्ताव गर्दा प्रधानमन्त्री ओलीले नै रोकेको उनले बताए । साथै उनले दुई तिहाइको अहिलेको सरकार अध्यादेशको बाटो हिँड्न नहुने बताए ।