• बैशाख १७ २०८२, बुधबार

चितवनमा बस दुर्घटना हुँदा २३ जना घाइते

माघ २७ २०८१, आईतवार

चितवन ।  नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको बस चितवनमा दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।  लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिइन् ।

उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । टायर पञ्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिइन् ।