• माघ २७ २०८१, आईतवार

सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी भइसक्यो : महामन्त्री शर्मा

माघ २६ २०८१, शनिबार

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल सम्बन्धी विधेयक आवश्यक संवाद र परिमार्जन गरेर मात्र संसद्बाट पारित गरिने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी रहेकामा जोड दिए । सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि मर्यादको ख्याल राख्नुपर्ने उनको भनाइ थियो ।

सामाजिक सञ्जाल संसद्बाहिरको संसद् भएको उनले टिप्पणी गरे । उनले शासन प्रणाली बदलिएको भए पनि शैली अझै बदलिन नसकेको बताए ।

विधेयक सरोकारवालासँग छलफल र बहस गरेर मात्र ल्याउनुपर्नेमा त्यसो नगरिएको उनले सुनाए । सरकारमै रहेको कांग्रेससँग पनि यसबारे पर्याप्त छलफल नगरिएको उनले गुनासो गरे ।