• माघ २५ २०८१, शुक्रबार

यौन दुराचारको आरोपमा कृषि विज्ञ मदन राईलाई २ वर्ष ६ महिना कैद सजाय

माघ २५ २०८१, शुक्रबार

काठमाडौं । बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर भएका कृषि विज्ञ मदन राईलाई अदालतले सजाय सुनाएको छ ।
जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई २ वर्ष ६ महिना कैद सजाय र एक लाख जरिवाना तोकिएको सूचना अधिकृत सुदिपकुमार भट्टराईले जानकारी दिए ।

‘उहाँलाई २ वर्ष ६ महिना कैद र एक लाख जरिवाना सुनाइएको छ,’ उनले भने । त्यस्तै, पीडित बालिकालाई एक लाख ५० हजार क्षतिपूर्तीको पनि सजाय न्यायाधीश दाहालको इजलासले सुनाएको छ ।

राईमाथि नैतिक पतन देखिनेगरी कसूर ठहर भएको भट्टराईले बताए । आफैले स्थापना गरेको शुभद्रा–मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा यसअघि नै उनी दोषी ठहर भएका थिए ।