२५ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । विकास निर्माण तथा आयोजनाहरूको प्रगतिबारे मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री ओलीले संवाद गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट मुख्यमन्त्रीहरूसँग संवाद गर्ने कार्यक्रम तय भएको छ । आजै दिउँसो २ बजे प्रधानमन्त्री सगरमाथा संवाद तयारी बैठकमा सहभागी हुँदैछन् ।