• माघ २४ २०८१, बिहीबार

दलितमाथि अत्याचार गरेको भन्दै गृहमन्त्री विरुद्ध मुर्दावादको नारा

माघ २४ २०८१, बिहीबार

काठमाडौँ । राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले सरकारले दलितमाथि ज्याजती गरेको भन्दै हिंसामा उत्रिने सरकारलाई मुर्दावाद भन्नुपर्ने अवस्था रहेको बताएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘यो सरकार आफै हिंसामा उत्रिएको छ ।
हिंसाले आज दलितहरू आन्दोलित भएका छन् । त्यसैले यो अमानवीय व्यवहार गर्ने सरकारलाई हामीले मुर्दावाद भन्नुबाहेक अरु केही रहेन ।’

सर्लाहीमा अन्तरवाजीय विहे गरेकै कारण एक जोडीलाई गृहमन्त्रीकै संरक्षणमा धरपकड गरिएको उनको भनाइ थियो ।