साधारणतया यदि कसैलाई लिभरको समस्या भयो भने पेटको माथिल्लो भागमा अलिकति दुख्ने समस्या हुन सक्छ।
आलस्य लाग्ने खानामा रुचि नलाग्ने समस्या आउन सक्छ। यो अलिकति बढ्यो भने जन्डिसको परीक्षण गर्नुपर्छ। पेटको दुखाइ बढ्न सक्छ। सुरूमा यसको कुनै लक्षण हुँदैन। पछि साधारण दुखाइ हुन सक्छ। पछि एकैचोटि बिरामी समस्या जटिल भएपछि मात्रै आएका हुन्छन्।
कलेजोमा समस्या छ कि भनेर शंका गर्नु सबभन्दा राम्रो हो। जंक फुड बढी प्रयोग गर्नेहरूले शंका गरिहाल्नुपर्छ। यदि हाम्रो उचाइ अनुसारको तौल बढी छ भने पनि शंका गरिहाल्नु राम्रो हो। जीवनशैली राम्रो,उचाइ अनुसारको तौल छ भने आत्तिनु पर्दैन। खानामा अनुशासन र नियमित व्यायम नै कलेजो स्वस्थ राख्ने राम्रो उपाय हो। तर कुनै शंका छ, समस्या देखियो भने अल्ट्रा साउण्ड र कलेजोको काम गर्ने प्रक्रियाको परीक्षण गरेको राम्रो हो।
खानपिन मिलेको छैन रक्सी सेवन बढी छ र तौलमा नियन्त्रण छैन भने उहाँहरूले यो परीक्षण नियमित गराइराख्नुपर्छ।