काठमाडौं । विदेशमा रहेका नेपालीहरूको मताधिकार, कानुनी व्यवस्था, दायित्व र चुनौतीका विषयमा छलफल हुने भएको छ । यही माघ २५ गते शनिबार बिहान ७ः०० बजे मार्क्सवादी ज्ञान केन्द्र, केन्द्रीय समितिको आयोजनामा सो छलफल हुने भएको हो । सो छलफल भर्चुअल माध्यमबाट हुने आयोजक संस्था मार्क्सवादी ज्ञान केन्द्रले जानाकारी दिएको छ ।
कार्यक्रमका प्रमुख वक्ताहरुमा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष डा.गंगालाल तुलाधर, विषय प्रस्तोतामा मुक्तिनारायण प्रधान, पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता, टिप्पणीकारमा मोहना अन्सारी पूर्वसदस्य, राष्ट्रिय मानवअधिकार आयोग र तिलक मल्ल, संस्थापक अध्यक्ष नेपाल पत्रकार महासंघ जापान र हिमलाल गैह्रे रहेका छन् । कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका पूर्वसल्लाहकार लगायतका अतिथिहरुले पनि सहभागीता जनाउने छन् ।