• माघ २३ २०८१, बुधबार

आजको मौसम: कतै वर्षा कतै हुस्सु

माघ २३ २०८१, बुधबार

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार  कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

सुदूरपश्चिम, कर्णाली,  लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
विशेष गरी बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ४८ मिनेट र सूर्यास्त साँझ ५ बजेर ४८ मिनेटमा हुनेछ ।