• माघ २३ २०८१, बुधबार

दैलेखमा भूकम्पको धक्का

माघ २२ २०८१, मंगलवार

काठमाडौं । दैलेखमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार अपराह्न ५:२० बजे दैलेखको तोलीजैसीमा ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का अछाम, सुर्खेत, कालीकोटसहित आसपासका भूभागमा पनि महसुस गरिएको थियो ।
यसअघि, माघ ११ गते पर्वतमा ३.८ म्याग्निच्युडको भूकम्प गएको थिए ।