काठमाडौं । बेलायती राजकुमार दम्पती काठमाडौं आइपुगेका छन् । मंगलबार बिहान बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
नेपाल भ्रमणमा आएका राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेललाई आजै साँझ भेट्ने कार्यक्रम छ । राजकुमार दम्पती विमानस्थलबाट सिधै लैनचौरस्थित बेलायती दूतावास पुगेका छन् ।
६ दिने नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती २७ माघमा स्वदेश फर्किने कार्यक्रम छ । नेपाल भ्रमणमा रहँदा बेलायती राजकुमार दम्पती पोखराको ब्रिटिस गोर्खा क्याम्पमा पनि जानेछन् ।