• माघ २१ २०८१, सोमबार

अनलाइन जुवा खेलाउने भारतीय नागरिक सहित २४ जना पक्राउ

माघ २१ २०८१, सोमबार

माघ २१, काठमाडौं । अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १० भारतीय र १४ नेपाली नागरिक गरी २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न बेटिङ साइटहरूको प्रयोग गरी अनलाइन जुवा खेल्ने खेलाउने उनीहरूलाई ललितपुरबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार ललितपुर महानगरपालिका २ सानेपास्थित २ वटा घर भाडामा लिई जुवा खेलाउने कार्य भइरहेको थियो ।

साथै प्रहरीले उनीहरूको साथबाट मोबाइल ५७ थान, ल्यापटप १३ थान, एटीएम कार्ड ३४ थान, सिमकार्ड ८८ थान, चेक बुक १२ थान, आधार कार्ड ८ थान र राहदानी ६ थान समेत बरामद गरेको छ ।

उनीहरूले ३ अर्व ४ करोड ७३ लाख ५६ हजार ६ सय १२ रूपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।