ढाड दुख्नुका कारण
– शारीरिक रुपले गाह्रो काम गर्नु जस्तैः भारी उचाल्नु वा तान्नु
– लामो अवधिसम्म उभिएर काम गर्नु
– पिठ्युलाई बिराम नदिने कुर्सीमा लामो अवधिसम्म बस्नु
– शारीरिक रुपमा उदासिन हुनु
– मोटोपन, स्थुलता
– धूम्रपान र रक्सी सेवन गर्नु
– नमिलेको खाटमा सुत्नु
उपचार विधि
– केही दिनको आराम
-शारीरिक क्रियाकलापमा कमी
-कठोर परिश्रम एवं मिहिनेत गर्न मनाही
-शारीरिक चिकित्सा
-दुुखाइ कम गर्ने औषधि खाने (चक्की, मलम र सुई)
-शल्यक्रिया
ढाडको दुखाइको अध्ययन गर्ने अनुसन्धानकर्ताहरुका अनुसार दुखाइ भएको ठाउँमा चिसो राख्दा सन्चोको अनुभव हुन्छ। बरफका टुक्रा कपडामा पोको पारेर विस्तारै दुखेको ठाउँमा ५–१० मिनेट राख्नुपर्छ। यसले मांसपेसीमा रहेको तनाव कम हुन्छ, यो एक दुई दिन गर्न सकिन्छ। त्यसपछि तातोपानीले सेक्दा राम्रो हुन्छ, यो तरिका अल्टरनेट पनि गर्न सकिन्छ।