काठमाडौँ । नेपालमा १४ सय बढी व्यक्ति विषालु सर्पको टोकाइमा परेका छन् । सरकारी तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ८ हजार १ सय ८१ सर्पदंशका घटनामध्ये १४ सय ८८ जनालाई विषालु सर्पले टोकेको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर ११० वटा केन्द्रहरू मार्फत् सो घटना लिइएको हो । यहाँ सर्पदंशको उपचार हुने गरेको छ ।
नेपालमा भाइपर १, भाइपर २, करेत, कोब्राले बढी दुःख दिएको पाइन्छ । सर्पले टोकेको औषधि पनि प्रतिविष (एन्टीभेनम) बनाउँदा यी चार थरीका सर्पलाई लक्षित गरी बनाइन्छ ।