• माघ २० २०८१, आईतवार

स्वर्गद्वारी गुठीका मोही किसान माइतीघरमा धर्नामा बसे, के हुन् उनीहरूका माग ?

माघ २० २०८१, आईतवार

काठमाडौं । दाङमा अवस्थित स्वर्गद्वारी गुठीका मोही किसानहरु काठमाडौं आएर आन्दोलन गरिरहेका छन् ।

आफूहरूसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै उनीहरू माइतीघर मण्डला पुगेर अनिश्चितकालीन धर्नामा बसेका छन् ।

विशेष प्रकृतिको निजी गुठी ‘स्वर्गद्वारी आश्रम’ का मोही किसानको मोहीयानी हक प्रमाणपत्र अनुसारको जग्गा प्राप्तिको कानुन निर्माणमा दबाब दिन उनीहरूले अनिश्चितकालीन धर्ना सुरु गरेका बताएका छन् ।