• फाल्गुन २४ २०८१, शनिबार

ठमेलमा आगलागी हुँदा ६५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

माघ १९ २०८१, शनिबार

काठमाडौं । काठमाडौंको ठमेलस्थित एक घरमा शनिबार बिहान आगलागी हुँदा ६५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

काठमाडौं महानगरपालिका–२६, ठमेलका भविश्वर शर्माको घरको दोस्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


Advertisement

प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो । आगो लाग्नेबित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ ।