• फाल्गुन २४ २०८१, शनिबार

जल्दाबल्दा समस्या समाधान गर्न अध्यादेश ल्याइएको इश्वर पाेखरेलकाे भनाइ

माघ १९ २०८१, शनिबार

चितवन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका जल्दाबल्दा समस्याको तत्काल समाधान गर्न सरकारले अध्यादेश ल्याएको बताएका छन् ।

सरकार टिकाउनका लागि नभई जनतालाई सेवा प्रवाहमा सहज बनाउन र लगानीको वातावरण बनाउन अध्यादेश ल्याइएको उनको भनाइ छ ।


Advertisement

नेकपा एमालेको रत्ननगर नगर कमिटीको १०औं नगर अधिवेशन उद्घाटन गर्दै नेता पोखरेलले सुकुमबासीलाई लालपूर्जा वितरण, विकास निर्माण र भष्टाचार नियन्त्रणको लागि सरकारले अध्यादेश जारी गरेको स्पष्ट पारे । उनले वर्षौंदेखि जकडिएको सुकुम्बासी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको पनि बताए ।

अध्यादेश पास भएपछि भ्रष्टाचार र अनियमितता नियन्त्रण तथा विकास निर्माण र सुशासनको काम द्रुत गतिमा अगाडि बढ्ने उनको दावी थियो ।

अध्यादेश पास भएपछि कानुन निर्माण हुने र त्यसपछि भ्रष्टाचार र अनियमितता नियन्त्रण तथा विकास निर्माण र सुसासनको काम द्रुत गतिमा अगाडि बढ्ने पनि पोखरेलले बताए ।