• माघ २० २०८१, आईतवार

भारतको बजेट : १२ लाखसम्मको वार्षिक आम्दानीमा आयकर नलाग्ने

माघ १९ २०८१, शनिबार

माघ १९, काठमाडौं । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले आयकरमा ठूलो राहत घोषणा गरेकी छन् । आर्थिक वर्ष २०२५–२६ को बजेट प्रस्तुत गर्ने क्रममा उनले नयाँ आयकर ‘स्ल्याब’ पनि घोषणा गरिन् ।

यो घोषणाअनुसार नयाँ कर प्रणालीमा वार्षिक १२ लाख भारुसम्मको आम्दानीमा कुनै आयकर तिर्नुपर्ने छैन । विज्ञका अनुसार, यो नयाँ करबाट सबैभन्दा बढी मध्यमवर्गलाई फाइदा हुने भएको छ ।

तलब वर्गको १२ लाख ७५ हजारसम्मको आम्दानी करमुक्त हुनेछ । अर्थात, वार्षिक १२ लाख ७५ हजार आम्दानी हुने कर्मचारीले कुनै कर तिर्नु पर्दैन । करिब ७५ मिनेटको बजेट भाषणको अन्त्यमा उनले नयाँ कर दरको घोषणा गरेकी थिइन् ।