माघ १९, काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको दोस्रो खेलमा नेपालले थाइल्यान्डविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर सुरुमा ब्याटिङ गर्ने भएको हो । नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएसँगै थाइल्यान्डले सुरुमा बलिङ गरिरहेको छ ।
नेपालले थाइल्यान्डविरुद्धको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले ईश्वरी विष्टको स्थानमा ब्याटर ममता चौधरीलाई टिममा समेटेको छ ।
नेपाल यसअघि पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्यान्डले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको थियो ।
सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा नेदरल्यान्ड्ससँग २० माघ र थाइल्यान्डसँग २२ माघमा खेल्नेछ । यसैगरी, २३ माघमा फेरि नेदरल्यान्ड्ससँग खेल्ने नेपालले २५ माघमा थाइल्यान्डको सामना गर्नेछ ।