माघ १८,काठमाडौं । आयोजक टाइगर गु्रपलाई हराउँदै एपीएफ क्लब पाँचौँ टाइगर कप भलिबलको महिलातर्फ फाइलनमा प्रवेश गरेको छ ।शुक्रबार बिहान पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा आयोजक टाइगर गु्रपलाई ३–१ को सेटमा पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एपीएफ फाइनल प्रवेश गरेको हो ।
पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २१–२५ ले टाइगर गु्रपलाई सुम्पिएको थियो । तेस्रो सेटमा २५–१९ र चौथो सेटमा २६–२४ ले जित निकाल्दै एपीएफले फाइलन यात्रा तय गरेको हो ।
खेलमा ‘टाइगर अफ द म्याचु एपीएफकी निरुता ठगुन्ना र ‘स्पाइकर अफ द म्याचु सरस्वती चौधरी बनिन् । पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइलन प्रवेशका लागि टिपटप न्यू डायमण्ड स्पोट्र्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।