• माघ १८ २०८१, शुक्रबार

अध्यादेश अस्वीकार गर्ने प्रतिपक्षी दलहरूको निर्णय, जनजीविकाका विषय सदनमा उठाउने

माघ १७ २०८१, बिहीबार

माघ १७, काठमाडौं । संघीय संसदको प्रतिपक्षीमा दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

भोलिदेखि संसदको हिउँदे अधिवेशन सुरु हुँदै छ । उक्त अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन प्रतिपक्षी दलहरूको बैठक बसेको हो । सरकारले सदन छलेर अध्यादेश ल्याएको भन्दै विपक्षीहरूले विरोध गरिरहेका छन् ।

त्यस्तै राष्ट्रियता, जनजीविका र महँगी नियन्त्रणलगायतका विषयमा पनि विपक्षी दलहरूले सदनमा सशक्त आवाज उठाउने भएका छन् ।