• माघ १७ २०८१, बिहीबार

ल्होसारमा घरमै यसरी बनाउनुहोस् खाप्सेको परिकार

माघ १७ २०८१, बिहीबार

प्रकृति पुजक नेपालका तामाङ समुदायको विशेष चाड हो, सोनाम ल्होसार । सोनाम ल्होछारमा तामाङ समुदायले विभिन्न परिकार बनाएर खान्छन् । यी मध्ये महत्त्वपूर्ण परिकार हो खाप्से ।

खाप्से तामाङ र शेर्पा समुदायको परम्परागत परिकार हो । यो परिकारलाई ल्होछारको प्रसादका रूपमा लिइन्छ । खाप्से मैदाको पिठो, दूध, घिउ, चिनी मिसाएर मुछी विभिन्न आकारमा तेलमा तारेर बनाइने परिकार हो। खाप्से राम्ररी प्याकिङ गरेर राखेमा एक महिनासम्म चिया र दुधसँग खान सकिन्छ । घरमै खाप्से बनाएर खान सकिन्छ ।

आवश्यक सामग्री:
– ३ कप मैदाको पिठो– घ्यु ३ देखि ५ चम्चा– आधा कप मन तातो पानी– आधा कप दुध– आवश्यक अनुसार तेल– भाडा, चौकी र बेल्ना चाहिन्छ ।

बनाउने विधि:
– भाडामा तीन कप मैदा लिनुहोस् ।
– मैदामा घ्यु राख्नुहोस र राम्रोसँग मोल्नुहोस् ।
– मोलिसके पछि फेरि दुध राखेर राम्ररी मोल्नुहोस् ।
– मैदामा घ्यु र दुध मोलिसकेपछि मनतातो पानी राखेर मज्जाले मिच्नुहोस् ।
– पिठो तयार भैसकेपछि २० देखि ३० मिनेट छोपेर राख्नुहोस् ।
– रोटी बेलेको जस्तै बेल्नुहोस् ।
– बेलेको रोटीलाई इच्छा अनुसारको आकार र डिजाइन बनाउनुहोस् ।
– तयार भएको खापसेलाई तेलमा तार्नुहोस् ।
– खैरो रंग नहुुँदासम्म पकाउनुहोस् ।
–  यसरी तयार भएको खापसेलाई एक महिनासम्म खान सकिन्छ ।