• माघ १७ २०८१, बिहीबार

अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश पालना गर्दै गुगल, गल्फ अफ मेक्सिको अब गल्फ अफ अमेरिका

माघ १६ २०८१, बुधबार

१६ माघ, न्युयोर्क । गुगलले  डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई पालना गर्दै चाँडै नै गल्फ अफ मेक्सिकोलाई गल्फ अफ अमेरिका नामकरण गर्ने भएको छ । यो परिवर्तन चाँडै नै गुगल म्यापमा लागु हुने भएको हो ।

सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै सरकारको आधिकारिक स्रोतमा गरिने नामहरूको परिवर्तनलाई लागु गर्ने यसअघिको अभ्यासलाई नै निरन्तरता दिइएको बताएको छ । सरकारी तथ्याङ्क राख्ने जियोग्राफिक नेम्स इन्फर्मेसन सिस्टममा यो परिवर्तन लागु भएपछि गुगलमा पनि त्यही अनुसार लागु गरिने कम्पनीले बताएको छ ।

गुगलले सबैभन्दा अग्लो चुचुरो माउन्ट मेकिन्लीको नाम पनि परिवर्तन गर्ने भएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले आलास्काको यस चुचुरोको नाम सन् २०१५ मा डेनालीमा परिवर्तन गरेका थिए ।

गुगलको घोषणापछि मेक्सिकोले भने यस निर्णयको मजाक उडाइरहेका छन् । मंगलबार मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले गुगलको कदमलाई बेवास्ता गर्दै यो केवल अमेरिकामा लागु हुने र आफ्नो देशले यसलाई नमान्ने स्पष्ट पारिन् ।
‘गल्फ अफ मेक्सिको गल्फ अफ मेक्सिको नै रहनेछ,’ उनले भनिन् । देशका आम मानिसहरूले पनि सामाजिक सञ्जालमा यस्तै प्रतिक्रियाहरू दिइरहेका छन् ।