• माघ १७ २०८१, बिहीबार

गाजाका मुस्लिमलाई कण्डम किन्न बाइडेनले दिएको पैसा ट्रम्पले रोके

माघ १६ २०८१, बुधबार

गाजापट्टी । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनले गाजापट्टीमा कण्डम वितरण कार्यक्रमका लागि ५ करोड डलर पारित गरेका थिए । तर डोनाल्ड ट्रम्प प्रशासनले यो निर्णयमा रोक लगाएको छ ।

खर्बपति व्यापारी एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग (डज) र व्यवस्थापन तथा बजेट कार्यालय (ओएमबी)ले रेकर्डहरू खोजेपछि बाइडेन प्रशासनले कण्डम वितरण गर्न यति ठुलो रकम खर्च गरेको पत्ता लगाएको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बताएकी छिन् ।

यो रकममध्ये ३ करोड ७० लाख डलर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई जाँदै थियो भनेर लिभिटले भनेकी छिन् ।

गाजामा ५ करोड डलरको कन्डम वितरणलाई करदाताहरूको पैसाको बर्बादी भनिएको छ । गाजामा हमासले कन्डमलाई हतियारको रूपमा प्रयोग गरिरहेको खबरहरू आइरहेका थिए ।

यी कन्डमहरूमा बेलुनमा जस्तै हावा भरेर इजरायलतिर छोडिने गरिएको बताइएको छ । ह्वाइट हाउसको यो बयान पछि मस्कले म्याग्नमको कन्डम मात्रै किन अर्डर गरिएको हो मलाई कसैले सम्झाइदेओ न भनेका थिए ।

म्याग्नम एक्स्ट्रा लार्ज कन्डम बेच्ने कम्पनी हो । बाइडेन सरकारमा अधिकारी रहेका एक व्यक्तिले भने यी रिपोर्ट अस्वीकार गरेका छन् ।