• बैशाख ६ २०८२, शनिबार

मन्त्रिपरिषद्को बैठक बस्दै

माघ १५ २०८१, मंगलवार

माघ १५, काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा सरकारका नियमित काम कारबाहीका विषयमा छलफल हुनेछ । त्यस्तै सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।

यही १८ माघदेखि संसदको हिउँदे अधिवेशन सुरु हुँदै छ । उक्त अधिवेशनका सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्षी दलहरूले आ–आफ्नो रणनीति बनाइरहेका छन् ।