• माघ १६ २०८१, बुधबार

अमेरिकाले गर्यो दुई नेपालीलाई निस्कासन

माघ १४ २०८१, सोमबार

काठमाडौं । अमेरिकाले दुई नेपालीलाई निस्कासन गरेको छ । गैरकानुनी तरिकाले बसिरहेका उनीहरूलाई अमेरिकाले गत साता निष्कासतन गरेको हो ।

स्रोतका अनुसार शेरशाङ्बु शेर्पा र सारुन श्रेष्ठलाई अमेरिकाले निष्कासित गरेको हो । अध्यागमन कानून उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको स्रोतको भनाइ छ । शेर्पालाई एयर इन्डियाको विमान र श्रेष्ठलाई कतार एयरलायन्सको विमानबाट नेपाल फर्काइएको थियो ।

त्यस्तै क्यानडाले पनि एक जना नेपालीलाई निष्कासित गरेको छ । अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा क्यानडाले रविन ढकाललाई डीपोर्ट गरेको स्रोतले बतायो ।

अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा सपथ लिएपछि डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा कडाइ गरेका छन् । उनले पहिलो दिन नै गैरकानुनी तरिकाले बस्ने आप्रवासीहरूलाई फिर्ता पठाउने कार्यदेशमा हस्ताक्षर गरेका थिए ।

त्यस अन्तर्गत ट्रम्प प्रशासनले धमाधम गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूलाई देश निकाला गरिरहेको छ । अफ्रिका लगायतका देशहरूमा सेनाको विमानबाटै आप्रवासीहरूलाई फिर्ता पठाइँदैछ ।