• माघ १६ २०८१, बुधबार

राजनीति पैसा कमाउ भन्दा भयो, मलाई धेरै चिन्ता लाग्यो : शेखर कोइराला

माघ १४ २०८१, सोमबार

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका निम्ति हुनुपर्नेमा पैसाका हुन थालेको बताएका छन् । सोमबार विराटनगरमा नोना कोइराला स्मृति प्रतिष्ठानले आयोजना गरेको पुरस्कार वितरण समारोहमा उनले यस्तो आरोप लगाएका हुन् ।

नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता र पैसाको पछि हिँडिरहेको टिप्पणी गरे ।

तीनै तहको सरकारमा बसेको अधिकांश व्यक्ति व्यक्तिगत स्वार्थमा केन्द्रित भएको उनको टिप्पणी थियो ।

‘अहिले राजनीतिलाई व्यावसायीकीकरण गरिँदैछ । राजनीति भनेको पेसा व्यवसाय होइन, सेवा हो,’’ कोइरालाले भने, ‘‘पैसै कमाउने हो अन्य थुप्रै विकल्प छन् । तर राजनीति त समाजसेवा हो ।’
जनप्रतिनिधिहरु लालचमा फस्न नहुनेमा उनको भनाइ थियो ।