माघ १४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत कास्कीको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।
कास्की जिल्ला अदालते २५ पुसमा लामिछानेलाई सहकारीको रकम घोटाला प्रकरणमा ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसविरुद्ध उनी उच्च अदालत कास्की पुगेका हुन् । उनले दिएको निवेदन उच्च अदालतमा दर्ता प्रक्रियामा रहेको छ ।
लामिछानेले निवेदनमा साधारण तारेखमा बसी मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरेका छन् । यसका अलावा लामिछानेसँग जिल्ला अदालत काठमाडौंले ६० लाख र रूपन्देहीमा १ करोड माग गरेका थिए । लामिछानेले उक्त धरौटी बुझाएर रिहा भएका छन् ।