• माघ १६ २०८१, बुधबार

मतपेटिका सिधै पेरिसडाँडा लैजान खोजेपछि फेरि विवाद

माघ १४ २०८१, सोमबार

काठमाडौँ । अखिल क्रान्तिकारीको विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणना मतदान स्थलमै गर्ने कि पार्टी कार्यालय पेरिसडाँडामा गर्ने भन्ने नयाँ विवादमा फसेको छ ।

नयाँ नेतृत्वका लागि शनिबार विश्वविद्यालय र विशेषको मतदान केन्द्र प्रदर्शनी मार्गस्थित वाल्मीकि क्याम्पसमा रहेको थियो ।
यसअघि मतपत्रमा प्रयोग भएको आधिकारी रङलाई मात्र मान्यता दिने कि अन्य रङलाई पनि माध्यता दिने लगायत आचार संहितामा विवाद हुँदा मतगणना स्थगित भएको थियो ।
तर निर्वाचन समिति लगायत टिमले मतपेटिका पेरिसडाँडामा सार्न खोजेपछि विवाद उत्पन्न भएको एक विद्यार्थी नेताले बताए ।

‘निर्वाचन समिति लगायत टिमले मतपेटिका पेरिसडाँडामा सार्न खोज्नुभएको छ । तर हेमन्त राई पक्षधर नेताहरूले मान्नुभएको छैन । बाटोमा धाँधली हुनसक्ने भन्दै मतदान केन्द्र स्थलमै मतगणना गर्नुपर्ने अडान लिइरहनुभएको छ । यसै कारणले मतगणनाको काम सुचारु गर्न ढिलाइ भइरहेको छ ।’

दुवै प्रदेशका निर्वाचन समितिले मध्यान्ह १२ बजेदेखि स्थगित मतगणना कार्य सुरु गर्ने बताएको थियो ।