• माघ १६ २०८१, बुधबार

तोरीको साग खानुका फाइदै फाइदा

माघ १४ २०८१, सोमबार

तोरीको साग एकदमै गुणकारी हुने गर्छ ।

यसमा फाइबर, भिटामिन, आइरन, फोलिक एसिड, क्याल्सियम, पोटाशियम, फस्फोरस तथा म्याग्नेशियम जस्ता पोषक तत्वहरु पाइन्छ ।यदी तपाईं तौल घटाउन चाहनुहुन्छ भने तोरीको साग एकदमै राम्रो विकल्प हो । तोरीको सागमा क्यालोरी कम हुन्छ र फाइबर धेरै हुन्छ जसले गर्दा मेटाबोलिज्म बढ्छ र तौल कम गर्न सहयोग हुन्छ ।जाडोमा तोरीको सागको सेवन गर्नु मानिसको आँखाका लागि पनि एकदमै फाइदाजनक हुन्छ । तोरीको सागमा भिटामिन ए को राम्रो मात्रा पाइन्छ । यसले आँखाको रोशनीलाई सुधार्ने काम गर्छ । त्यस्तै पाचन तन्त्रका लागि पनि तोरीको साग राम्रो हुन्छ । यसमा फाइबरको मात्रा हुने भएकाले पाचन तन्त्रलाई बलियो बनाउने काम गर्छ ।

तोरीको सागको नियमित सेवनले हड्डी पनि बलियो हुन्छन् । तोरीको सागमा क्याल्सियम तथा पोटाशियमको मात्रा राम्रो पाइन्छ । यी दुबै पोषक तत्व हड्डी बलियो बनाउन तथा कैयौं विमारीहरुको जोखिमलाई कम गर्ने गर्छ ।

तोरीको सागमा पोटाशियम पाइन्छ जसले मुटु सम्बन्धी समस्याहरुमा पनि राम्रो काम गर्छ । यसले कोलेस्ट्रोल लेवललाई नियन्त्रण गर्ने गर्छ ।