• माघ २० २०८१, आईतवार

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

माघ १४ २०८१, सोमबार

माघ १४, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा किनबेच भएको थियो ।