माघ १४, काठामाडों । आज सरकारलाई समर्थन गरेका दलहरूको बैठक बस्दै छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
आजको बैठकमा समसामयिक राजनीतिका बारेम समीक्षा हुनेछ । त्यस्तै सरकार सञ्चालन, संसदको हिउँदे अधिवेशनलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
यही १८ माघदेखि संसदको हिउँदे अधिवेशन सुरु हुँदै छ । उक्त अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।