• माघ १४ २०८१, सोमबार

हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रम ओलीले संसदलाई सम्बोधन गर्ने

माघ १३ २०८१, आईतवार

काठमाडौँ । संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी ओलीले संसदलाई सम्बोधन गर्ने तयारी भएको छ ।

सभामुख देवराज घिमिरेसँग आज भएको सत्तारूढ दलहरूका प्रमुख सचेतकसँग भएको छलफलमा एमाले मुख्य सचेतक महेश बर्तौलाले उक्त प्रस्ताव राखेका छन् ।

सभामुखसँग छलफल गर्नुअघि बर्तौलाले प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । त्यसपश्चात् उनले सभामुखसँग प्रधानमन्त्रीले पहिलो बैठकमा सम्बोधन गर्ने कुरा जानकारी गराएका थिए ।

‘सम्बोधन गर्ने कुरा चलेको छ । अर्को बैठकमा के गर्ने भन्ने निर्णय हुन्छ‚’ बर्तौलाले भने ।