काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय वनस्थलीमा सोमबार बस्नेगरी सचिवालय बैठक बोलाएको कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
प्रवक्ता रावलका अनुसार सचिवालय बैठकमा सात विषय छलफल हुनेछ । ‘समसामयिक राजनीति र पार्टी गतिविधि, सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आबद्धता हुने सम्बन्धमा, संसद् अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयन लगायतका विषय छलफलका विषय तय भएका छन्’, रावलको भनाइ छ ।
त्यस्तै पार्टीका विभिन्न नियमावलीहरू विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (सङ्गठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्याट विभाग नियमावली २०८१) का बारेमा पनि छलफल हुने सो पार्टीले जनाएको छ ।