काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक, विधायन व्यवस्थापन समितिको बैठक र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
जस अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ ।
त्यसपछि सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको सम्बन्धमा छलफल हुनेछ कार्यसूची रहेको छ ।
अन्तिम दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुने सूची रहेको छ ।