काठमाडाै । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको छ । अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान भएको हो ।
३२ बर्से उमेरहद लागू भएका कारण सबै उम्मेदवार सो उमेरभन्दा तलका छन् । उमेरहद क्रान्तिकारीमा पहिलोपटक लागू भएको हो ।
मतदान सकिएपछि शनिबार राति मतगणना गर्ने तयारी भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार २ हजार तीन सय ९८ प्रतिनिधिमध्ये १ हजार ९ सय २२ प्रतिनिधिले मतदान गरेका छन् ।
अध्यक्षमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई र विजयप्रकाश शर्मा प्रतिस्पर्धामा छन् । खुला र आरक्षण गरी नौ उपाध्यक्ष पदका लागि ४४ जना र महासचिवमा आठ जना प्रतिस्पर्धी छन् ।
यस्तै, नौ उपमहासचिवका लागि ३६ जना र १२ सचिवका लागि ५३ जना प्रतिस्पर्धामा छन् । एक कोषाध्यक्ष पदका लागि चार जना उम्मेदवार छन् ।