• बैशाख ९ २०८२, मंगलवार

एमालेको साँफेबगर नगर कमिटी पुरै डा.भीम रावलको अभियानमा प्रवेश

माघ १२ २०८१, शनिबार

अछाम । नेकपा एमालेको अछामस्थित साँफेबगर नगरपालिकाको नगर कमिटी नेता डा.भीम रावलको मातृभूमि जागरण अभियानमा समाहित भएको छ ।

शनिबार सो नगर कमिटी अभियानमा समाहित हुने निर्णय गरिएको हो । यस्तै सोही नगरपालिकाको वडा नम्बर ६ एमाले कमिटीका पदाधिकारी पनि अभियानमा लागेका छन् ।

रावलको उपस्थितिमा शनिबार अभियानको साँफेबगर तदर्थ नगर कमिटी गठन गरिएको छ । ढकेन्द्र कुँवरको संयोजकत्वमा तदर्थ कमिटी गठन गरिएको हो ।

नेकपा एमालेबाट निष्कासनमा परेपछि डा.रावलले मातृभूमि जागरण अभियान थालेका छन् । उनलाई एमालेबाट निकालिएसँगै सुदूरपश्चिमका जिल्लाहरूमा त्यसको प्रभाव परेको छ । अछाम सबैभन्दा धेरै प्रभावित भएको छ ।