• बैशाख १९ २०८२, शुक्रबार

बैतडीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

माघ १२ २०८१, शनिबार

माघ १२, काठमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिगास गाउँपालिका–१ मा सुपप्र ०१–००१ च ४०२८ नम्बरको जिप दुर्घटना हुँदा सिगास–१ की १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको मृत्यु भएको हो ।

दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । उनका अनुसार दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी गम्भीर घाइते भएका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

जिप चालक फरार रहेको र उनको खोजी भइरहेको पाण्डेले बताए । जिप सडकबाट करिब सात सय मिटर तल खसेको छ ।