• माघ १३ २०८१, आईतवार

पर्वतकाे लेस्पार केन्द्रविन्दु भएर गयाे भूकम्प

माघ ११ २०८१, शुक्रबार

काठमाडौं। पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।

भूकम्पको तीव्रता ३.८ म्याग्निच्यूड मापन भएको खानी तथा भूगर्भ विभागका भूकम्पविद भरत कोइरालाले जानकारी दिए ।