११ माघ, काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा राजधानीबाट २४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–९ स्थित सेतोपुल नजिकै रहेको टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली घर भई काठमाडौं सिनामंगल बस्ने २९ वर्षीय लोक बहादुर चोहान समेत १४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ७ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी बुढानिलकण्ठ नगरपालिका–२ स्थित पञ्चकन्या सामुदायिक वनको चौरमा जुवा (ओखर) खेलिरहेको अवस्थामा ओखलढुङ्गा धर भई काठमाडौं सुन्दरीजल बस्ने २६ वर्षीय लाल काजी सेन्चुरी समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार ७ सय ४५ रूपैयाँ र ओखर १५ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।