माघ १०, काठमाडौं । पाल्पास्थित लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा कुमारी बैंकका ग्राहकहरूले २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । कुमारी बैंकले लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलसँग आफ्ना ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट दिने गरी सम्झौता गरेको जनाएको छ ।
सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा ग्राहकहरूलाई ओपीडी टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आईसीयू, शल्यक्रिया र एक्स–रे-यूएसजीमा १० प्रतिशत र ल्याब टेस्टमा ५ प्रतिशत छुट प्रदान गरिनेछ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकका हाल ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरू रहेका छन् ।