९ माघ, काठमाडौं । आइसीसी यू–१९ महिला टी२० विश्वकप अन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले अष्ट्रेलिया विरुद्ध पहिले बलिङ गर्दैछ । बांगीस्थित युएसडी–युकेएम ओभलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।
यसअघिका दुवै खेलमा पराजित नेपालका लागि सुपर सिक्समा पुग्ने झिनो सम्भावना मात्र बाँकी छ । त्यसका लागि अष्ट्रेलियालाई पराजित गर्नुपर्नेछ । नेपालले प्लेइङ ११ मा एक परिवर्तन गरेको छ । किरण कुँवरको स्थानमा तृष्णा विक खेल्दैछिन् ।