• बैशाख १९ २०८२, शुक्रबार

गर्भावस्थामा धुम्रपान गर्दा के हुन्छ?

माघ ९ २०८१, बुधबार

अत्यधिक धुम्रपान सेवन गर्नेहरूमा बाँझोपनको समस्या रहने गरेको पाइन्छ । धुम्रपानमा हुने रसायनहरू मुख्यतयः निकोटिनले एकातिर पुरुषको शुक्रकीटलाई कमजोर बनाउने हुन्छ भने अर्कातिर अण्डलाई पनि कमजोर र पाठेघरको भित्रितहमा असर गरेकाले गर्भलाई पाठेघरमा टासिन (इन्प्लान्टेसन) नदिने र हुर्किन नदिने सम्भावना रहन्छ ।

धुम्रपानको सेवन गर्नेहरूमा बाझोपनलाई समाधान गर्दै गर्भ रहे पनि ती गर्भको भ्रूणहरूको विकास राम्रो नहुने, तौल राम्ररी नबढ्ने, खुडे हुने, कम तौल तथा गर्भको अवधि नपुग्दै जन्मिने र कुनै(कुनै अवस्थामा मृत बच्चा जन्मिने वा जन्मिनेबित्तिकै मर्ने हुन सक्ने अध्ययनहरूले देखाएको छ । यस्ता महिलाहरूबाट जन्मिएको बच्चाहरूमा आँखा तथा कानको विकासमा कमी हुन सक्ने भएकाले दृष्टि, श्रवण शक्ति कमजोर रहने सुस्त मनस्थितिको हुने जस्ता दीर्घकालीन असरहरू पनि हुन सक्ने सम्भावना रहन्छन्।

-(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, मोरङ सहकारी अस्पताल, विराटनगर)