• माघ ९ २०८१, बुधबार

लेखासमिति सभापतिलाई माओवादीको आग्रह,‘नैतिकताको आधारमा मार्ग प्रशस्त गर्नुहोस्‌’

माघ ८ २०८१, मंगलवार

८ माघ। माओवादीका सांसदहरूले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् ।

मंगलबार लेखा समितिको बैठकमै समिति सदस्यहरू लेखनाथ दाहाल र अमनलाल मोदीले सभापति पोखरेलको राजीनामा माग गरेका हुन् ।

‘सभापतिले प्रतिपक्षीको नेतृत्व हुनका लागि मार्गप्रशस्त गर्न आवश्यक छ,’ उनले भने । अर्का सांसद मोदीले पनि नैतिकता देखाउन आग्रह गरे ।

‘म तपाईंको परिवार जोडिएको कुरा गर्दिनँ । तर तपाईंको पीएको कुरा आयो । यो विषय छ,’ सांसद मोदीले भने, ‘लेखा समिति सभापति प्रतिपक्षीको हुनुपर्छ । यसकारण नैतिकताको आधारमा मार्गप्रशस्त गर्नुस् ।’